S.K. अपार्टमेन्ट ठमेलको केन्द्रमै रहेको, सुन्दर ढंगले निर्माण गरिएको एक उच्चस्तरीय अपार्टमेन्ट हो। यो अपार्टमेन्ट विशेषगरी ती व्यक्तिहरूका लागि हो, जो ठमेलको व्यस्त वातावरणभित्र पनि शान्त, सुरक्षित र सुविधा सम्पन्न जीवन चाहन्छन्। यहाँ रहेका सबै अपार्टमेन्टहरू विशेष डिजाइनसहित निर्माण गरिएका छन् र आवश्यक सबै सुविधा पनि उपलब्ध छन्।
प्रत्येक अपार्टमेन्टमा ठूलो झ्याल, खुला बाल्कनी र आधुनिक फर्निचर छन्। यसले तपाईंलाई घरभित्रै प्रकृतिको उज्यालो र ताजा हावाको अनुभव गराउँछ। अपार्टमेन्टको रंगरोगन पनि शान्त र आकर्षक छ, जसले बसाइलाई अझ रमाइलो बनाउँछ।
सुरक्षित र सुविधाजनक जीवन
S.K. अपार्टमेन्टमा २४ घण्टा सुरक्षा गार्ड र CCTV निगरानी प्रणालीको सुविधा छ। तपाईं घरमै भए वा बाहिर, तपाईंको सम्पत्ति सुरक्षित रहन्छ। यहाँ लिफ्ट, जिम, हरियाली बगैंचा, टेरेस र अन्य धेरै सुविधा उपलब्ध छन्। यी सबै सुविधाले तपाईंको दैनिक जीवन अझै सहज र आरामदायी बनाउँछ।साथै, हप्तामा एकपटक प्रदान गरिने घर सफाइ सेवाले तपाईंको अपार्टमेन्ट सधैं सफा र व्यवस्थित रहन्छ। तपाईंको समय र श्रम बचत हुनुका साथै सफा वातावरणमा बस्न सक्नुहुन्छ।
उत्तम स्थान – ठमेलको मुटुमा
S.K. अपार्टमेन्ट ठमेलको मुख्य स्थानमा छ, जहाँबाट बजार, रेस्टुरेन्ट, क्याफे, बैंक, पसल, अस्पताल र मनोरञ्जन स्थलहरू केही मिनेटमै पुग्न सकिन्छ। यो स्थान व्यक्तिगत वा व्यावसायिक कारणले काठमाडौँ बसोबास गर्न चाहने सबैका लागि उपयुक्त छ।
ठमेलको ब्यस्तता र रमाइलो वातावरणबीच पनि, S.K. अपार्टमेन्टमा तपाईंले शान्त, आरामदायी र सुरक्षित जीवन बिताउन सक्नुहुन्छ। यो अपार्टमेन्ट विद्यार्थी, व्यवसायी, परिवार, वा एक्लै बस्न चाहने सबैका लागि एकदमै राम्रो विकल्प हो।अब ढिला नगर्नुहोस्। आफ्नो सपना पूरा गर्न S.K. अपार्टमेन्ट रोज्नुहोस् र ठमेलमै आधुनिक जीवनशैलीको अनुभव लिनुहोस्।